Kathmandu Press

अरु भाषामा बोले पनि संसदमा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा

‘मलाई डोटेली भाषा मन पर्छ। डोटेली भाषामा बोल्न मन लागेको थियो। तर, थाहा पाएँ अस्तिमात्रै मेरो साथी मनिष झाले मैथलीमा बोल्दा दस्तावेजीकरण हुँदो रहनेछ, अबदेखि संसदमा दस्तावेजीकरण गरियोस्,’ उनले भने।
अरु भाषामा बोले पनि संसदमा दस्तावेज राख्ने व्यवस्था हुनुपर्छ : सांसद बोहोरा

काठमाडौं, जेठ १३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिपकराज बोहोराले अरु भाषामा बोले पनि संसद्मा दस्तावेज राख्ने व्यवस्थाको माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू कञ्चनपुर–२ बाट निर्वाचित भएकोले आफूलाई डोटेली भाषामा बोल्न मन लागेको सुनाए।

Hardik ivf

‘मलाई डोटेली भाषा मन पर्छ। डोटेली भाषामा बोल्न मन लागेको थियो। तर, थाहा पाएँ अस्तिमात्रै मेरो साथी मनिष झाले मैथलीमा बोल्दा दस्तावेजीकरण हुँदो रहनेछ, अबदेखि संसदमा दस्तावेजीकरण गरियोस्,’ उनले भने।

संसद् सचिवालयमा जनशक्ति कम भए सांसद आफैंले संसद्मा बुझाउने व्यवस्था गर्न आग्रह गरे । साथै उनले सुदूरपश्चिम प्रदेशका धेरै नागरिक रोजगारी तथा विदेश जाने प्रक्रियाका कारण भारतमा बस्न बाध्य भएको बताए।

उनले सुदूरपश्चिमका धेरै मानिसहरू वैदेशिक रोजगारीका लागि वा काठमाडौं आएर प्रक्रिया पूरा गर्न नसक्दा भारतमै बसिरहेको बताए।

‘सुदूरपश्चिमका धेरै मानिसहरु भारतमा छन्। वैदेशिक रोजगारीका लागि भनौं या विदेश जान काठमाडौं आउन नसकेर भारतमा छन्। ती मानिसहरुको न श्रम स्विकृती छ, न बीमा छ रु कति नेपालीहरु भारतमा छन् त्यसको तथ्यांक समेत सरकारसँग छैन,’ उनले भने।

उनले भारतमा रहेका नेपाली कामदारहरूसँग श्रम स्वीकृति तथा बीमाको व्यवस्था नभएको उल्लेख गर्दै सरकारसँग त्यहाँ रहेका नेपालीको यथार्थ तथ्यांकसमेत नरहेको बताए। उनले भारतमा रहेका नेपाली श्रमिकको अवस्था र सुरक्षाप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: १३:३० बजे, बुधबार, जेठ १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्