Kathmandu Press

नयाँ संसद भवन सभाहलभन्दा फिल्म हलजस्तो भयो : सांसद महर

उनले त्यसबीच संसद भवनलाई भने सञ्चालनमा ल्याउने निर्णय गरिएको उल्लेख गर्दै नयाँ भवनबाट बजेट प्रस्तुत हुने विषय सकारात्मक भएको बताए।
नयाँ संसद भवन सभाहलभन्दा फिल्म हलजस्तो भयो : सांसद महर

काठमाडौं, जेठ १३ : नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले वर्तमान सरकारले अघिल्ला सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासहरू भत्काउने अभ्यास गरिरहेको टिप्पणी गरे। उनले त्यसबीच संसद भवनलाई भने सञ्चालनमा ल्याउने निर्णय गरिएको उल्लेख गर्दै नयाँ भवनबाट बजेट प्रस्तुत हुने विषय सकारात्मक भएको बताए।

Hardik ivf

‘अघिल्ला सरकारका अधिकांश कार्यक्रम र संरचना र अभ्यासहरुलाई वर्तमान प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भत्काउने, तोड्ने अभ्यास गरिरहेको छ। तर बिडम्बना यो जुन संसद भवन छ यो संसद भवन चाँही चलाउने निर्णय गरेछ,’ उनले भने, ‘यसलाई कायम गर्ने निर्णय गरेछ। जसमा यो नयाँ संसद भवनबाट नयाँ बजेट ल्याउने कुरा सुन्दा पनि असाध्यै खुसी लाग्यो।’

तर ठूलो लगानी र लामो समय लगाएर निर्माण गरिएको संसद भवनलाई दीर्घकालीन महत्वअनुसार सही ढंगले सञ्चालन र व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ थियो।

सांसद महरले प्रतिनिधिसभा हलको संरचनामाथि प्रश्न उठाउँदै सांसदहरू ‘फिल्म हेर्न आएको होइन’ भन्दै टिप्पणी गरे । उनले हलका सिटहरू फिल्म हलजस्ता र टेबलहरू कक्षाकोठाजस्ता बनाइएको आरोप लगाए।

‘धेरै ठूलो लगानीमा र धेरै समय लगाएर बनाएको यो भवन दिर्घकालीन महत्वको भवनलाई सही ढंगले सञ्चालन गर्ने, सही ढंगले व्यवस्थापन गर्नुपर्ने त्यो आवश्यकता छ । त्यो प्रतिनिधिसभाको हल हो। त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन्,’ उनले भने, ‘त्यसका सिट फिल्म हलको जस्तो बनाइएको छ, टेबल कक्षाकोठाका जस्ता बनाइएका छन्। त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ।’

उनले संसद भवनको संरचना सभाहलभन्दा बढी फिल्म हलजस्तो देखिएको टिप्पणी गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १२:२९ बजे, बुधबार, जेठ १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्