Kathmandu Press

प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल

‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ,’ उनले भने।
प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँः सभामुख अर्याल

काठमाडौं, जेठ १२ : सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरुसँग आग्रह गरे।

प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएपछि सभामुखले सो आग्रह गरेका हुन्।

Hardik ivf

बैठकमा सभामुख अर्यालले विपक्षी बेन्चमा रहेका सांसदहरुलाई आसन ग्रहण गरेर बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरे।

‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ,’ उनले भने।

सभामुखको आग्रहको बाबजुद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरुले संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन्। प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै विपक्षी दलहरुले विरोध सुरु गरेका हुन्। 

विपक्षी दलहरुले सदनमा उपस्थित भएर आफ्ना दृष्टिकोण राख्न तथा आमजनतालाई उत्साहित बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, जेठ १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्