Kathmandu Press

स्वास्थ्य सचिव यादव कोइरालाको सरुवा

काठमाडौं, जेठ १५ : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरेको छ। स्वास्थ....

स्वास्थ्य सचिव यादव कोइरालाको सरुवा

काठमाडौं, जेठ १५ : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव यादव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरेको छ। स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना नपुग्दै उनको सरुवा भएको हो।

साथै, नयाँ स्वास्थ्य सचिवका रूपमा लक्ष्मण अर्याललाई पठाइएको छ। अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए।

गत फागुन १८ गते बसेको मन्त्रिपरिषदको बैठकले कोइरालालाई स्वास्थ्य सचिवमा सरूवा गरेको थियो। स्वास्थ्यमा आएदेखि विवादमा तानिएका कोइरालाले डाक्टरहरुलाई गाली गरेको भन्दै अलोचना हुँदै आएको थियो।

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्