कपिलवस्तुमा यात्रु बस दुर्घटना, ३८ जना घाइते
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको प्रहरीले जनाएको छ।
कपिलवस्तु, जेठ १२ : काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबहाक बस कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–४, बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा दुर्घटनामा परेको छ।
काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको बस मंगलबार सडकमा पल्टिँदा ३८ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेमा हुनेमा बर्दियाकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेतका ३० वर्षीय प्रकाश विक रहेको प्रहरीले जनाएको छ।
सबै घाइतेहरुलाई उपचाका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएकोमा ३५ जनालाई थप उपचारका निम्ति भैरहवास्थित विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको बताइएको छ।
प्रकाशित मिति: १२:१४ बजे, मंगलबार, जेठ १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार





-1779777153.jpg)





-1779777153.jpg)
