‘नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको सही सदुपयोग गर्न नसक्नु हो’
‘नेपाल केही नभएर पछि परेको होइन। भएको कुराको सदुपयोग नभएर र त्यसको हामीले भ्यालु क्रिएट गर्न नसकेर ,त्यसको सदुपयोग गर्न नसकेर नेपाल पछि परेको हो। हाम्रो संस्कृति भित्रको विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिहरु छन् । हाम्रो देशको चिनाएको छ,’ उनले भने।
काठमाडौं, जेठ ११ : सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको बताए।
सोमबार ‘एलिफेन्स अफ फग’ चलचित्र टिमलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले नेपालको मौलिक संस्कृति, विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिले हाम्रो देशलाई चिनाएको बताका हुन्।
‘नेपाल केही नभएर पछि परेको होइन। भएको कुराको सदुपयोग नभएर र त्यसको हामीले भ्यालु क्रिएट गर्न नसकेर ,त्यसको सदुपयोग गर्न नसकेर नेपाल पछि परेको हो। हाम्रो संस्कृति भित्रको विविधता, मौलिक पहिचान, विभिन्न आइडिटिन्टीहरु, प्रकृति र सांस्कृतिहरु छन् । हाम्रो देशको चिनाएको छ,’ उनले भने।
मन्त्री तिमल्सिनाले नेपाली कला र चलचित्र क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरबाट आएको उपलब्धिलाई देशकै गौरव भएको बताएका छन्।
उनले नेपाली फिल्म ‘एलिफेन्स अफ फग’ ले सम्मान प्राप्त गर्नु सम्पूर्ण नेपालीका लागि खुसीको विषय भएको बताए। बेस्ट सावन क्रियसनका तर्फ थप अवार्ड जितेर फर्किएको टोलीलाई बधाई दिए।
‘१९ क्याज फिल्म फेस्टिभलको एतिहासनै ८० वर्ष भइसकेको र अन्तर्राष्ट्रिय निकै कम प्रतिष्ठित फिल्म फेस्टिभल मध्य एउटा एलिफेन्स अफ फग प्रप्त गरेकोमा सबै नेपाललाई बधाई दिन चाहान्छु। बेस्ट सावन क्रियसनका लागि पनि उहाँहरुले अर्के थप अवार्ड जितेर आएकोमा बधाई दिन्छु,’ उनले भने।