Kathmandu Press

कुनै मुख्यमन्त्रीलाई कांग्रेसले सहायक प्रवत्ता नियुक्त गरेको छैन : विश्वप्रकाश शर्मा

काठमाडौं, जेठ १५ : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कुनै पनि मुख्यमन्त्रीलाई कांग्रेसले सहायक प्रवक्ता नियुक्त नगरेको टिप्पणी गरेका छन्।

कुनै मुख्यमन्त्रीलाई कांग्रेसले सहायक प्रवत्ता नियुक्त गरेको छैन : विश्वप्रकाश शर्मा
फाइल फोटो

काठमाडौं, जेठ १५ : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कुनै पनि मुख्यमन्त्रीलाई कांग्रेसले सहायक प्रवक्ता नियुक्त नगरेको टिप्पणी गरेका छन्।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गर्दै उनले ट्वीटमार्फत यस्तो टिप्पणी गरेका हुन्।

मुख्यमन्त्री पोखरेलले कांग्रेसको अनुरोधमा बुधबार संसद्को कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटेको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका थिए। 

'नेकाको अनुरोधमा संविधान संशोधन प्रस्ताव आजको कार्यसूचीबाट हटेको हो, फिर्ता भएको होइन। आशा गरौं, नेकाको साथमा प्रस्ताव छिटै पास हुनेछ,' उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।

प्रवत्ता शर्माले मुख्यमन्त्रीलाई जवाफ दिँदै, 'कम्युनिस्ट सरकारका केही मन्त्री या कोही मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या व्याख्या गर्न ‘सहायक प्रवक्ता’ नियुक्त गरिएको छैन,' भनेर ट्वीट गरेका छन्।

साथै, भारतीय सञ्चार माध्यमले संविधान संशोधन विधेयक संसद्‍मा पेस नभएको प्रसंगमा कांग्रेसको नाम मुछेको प्रति असहमति जनाउँदै उनले भनेका छन्, 'न भारतीय मिडियालाई ‘मुखपत्र’को दायित्व दिइएको छ।' 

'कांग्रेस प्रवक्तालाई सोध्‍नोस् कांग्रेसको धारणा कि कुर्नोस् जेठ १७ को केन्द्रीय समिति,' प्रवक्ता शर्माले ट्विट गरेका छन्।

जेठ १७ आर्थत आगामी शनिबार कांग्रेसले केन्द्रीय समिति बैठक बस्ने तय गरेको छ।

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्