२८ सय घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ।
काठमाडौं, जेठ १० : आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९०० रुपैयाँ कायम भएको छ।
शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्यमा पनि घटेको छ। आज चाँदी तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:१९ बजे, आइतबार, जेठ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार