Kathmandu Press

ज्ञानज्योतीबाट पौडेलले ल्याए ४ जिपिए, विद्यालयले गर्‍यो सम्मान  

प्रबन्धले २०८२ सालमा ४ जिपिए प्राप्त गरेका हुन् भने अविनाशले २०८१ सालमा ४ जिपिए प्राप्त गरेका थिए ।
ज्ञानज्योतीबाट पौडेलले ल्याए ४ जिपिए, विद्यालयले गर्‍यो सम्मान  

काठमाडौं, जेठ ८ : ज्ञान ज्योती एकेडेमीले एसईई परीक्षामा ४ जीपिए प्राप्त गर्ने २ विधार्थीलाई सम्मान गरेको छ ।

विद्यालयले ३७ औ स्थापना दिवस तथा अभिभावक दिवसको अवसरमा उक्त विद्यालयबाट ४ जिपिए ल्याउन सफल प्रबन्ध पौडेल र अविनाश पौडेललाई सम्मानित गरेको हो । प्रबन्धले २०८२ सालमा ४ जिपिए प्राप्त गरेका हुन् भने अविनाशले २०८१ सालमा ४ जिपिए प्राप्त गरेका थिए । 

Hardik ivf

विधालयले यस बर्ष एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । यस बर्ष १७ जना बिधार्थी एसईई परीक्षामा सहभागी भएका  थिए । कार्यक्रममा  शैक्षिक क्षेत्रका विशिष्ट ब्यक्ति प्रा. हेमाङ्गराज अधिकारी, विद्यालयका प्रधानाध्यापक गोबर्धन थापा र विधालयका प्रबन्धक निर्मला  थापा (निरू) लगायतको सहभागीता रहेको थियो ।

विद्यालयले विभिन्न समयमा सन्चालन गरेका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट रहेका विद्यार्थीहरूलाई मेडल एवं प्रमाणपत्रबाट पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा स-साना भाइबहिनीहरूको नृत्य प्रस्तुती गरेका थिए  ।

प्रकाशित मिति: ०८:४८ बजे, आइतबार, जेठ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्