प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या चार सय पुग्यो
जनकपुरधाम, जेठ १५ : प्रदेश नं २ मा कोरोना भाइरस संक्रमितको संख्या चार सय पुगेको छ। आज बिहीबार बिहान ९ बजे थप ७६ जनामा संक्रमण पुष्टि भएसँगै संक्....

जनकपुरधाम, जेठ १५ : प्रदेश नं २ मा कोरोना भाइरस संक्रमितको संख्या चार सय पुगेको छ। आज बिहीबार बिहान ९ बजे थप ७६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या चार सय पुगेको हो।
यसअघि बुधबारसम्म ३२४ मा संक्रमित रहेका थिए। पछिल्लोपटक संक्रमण पुष्टि भएका धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका सात, सिरहाका छ र रौतहटका तीन रहेका प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।
पछिल्लो पुष्टिसँगै प्रदेशमा सबैभन्दा बढी संक्रमित रौतहटमा ११२ पुगेका छन्। त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० पुगेका छन्। त्यसैगरी सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा संक्रमणको पुष्टि भएको छ।
प्रदेशमा बुधबारमात्र प्रदेशका आठ जिल्लामा गरी ७४३ को स्वाब संकलन गरिएको थियो। प्रदेशभित्र १० हजार ५८९ को स्वाब संकलन भएको निर्देशनालयले जनाएको छ। यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको स्वाब संकलन अन्य प्रदेशमा भएको जनाइएको छ। प्रदेशका आठै जिल्लाका क्वारेन्टाइन केन्द्रमा आज पनि स्वाब संकलन गरिँदैछ।











