Kathmandu Press

विकास निर्माणमा देखिएका अवरोध हटाउन सरकारलाई पूर्वाधार विकासको निर्देशन

ऊर्जामन्त्री, पूर्वाधारमन्त्रीसहित सरोकारवालसँगको छलफलपछि समितिका सभापति आशिष गजुरेलले बैसार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिए।
विकास निर्माणमा देखिएका अवरोध हटाउन सरकारलाई पूर्वाधार विकासको निर्देशन

काठमाडौं, जेठ ८ : पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन सरकारलाई निर्देशन दिएको छ।

समिनिको शुक्रबार बसेको बैठकमा समितिले विकास निर्माणको अवरोधसँगे मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकारलाइ निर्देशन दिएको हो।

Hardik ivf

ऊर्जामन्त्री, पूर्वाधारमन्त्रीसहित सरोकारवालसँगको छलफलपछि समितिका सभापति आशिष गजुरेलले बैसार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिए।

मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले काम अगाडि बढाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्ने बताउँदै उनले यसको तत्काल समाधान खोज्न पूर्वाधार मन्त्रालयलाई निर्देशन दिए।

विभिन्न देशहरूमा जारी युद्धका कारण इन्धन, बिटुमिनलगायत अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा अत्यधिक वृद्धि भएको र यसले नेपालका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिले निष्कर्ष निकलोको उनले बताए। 

प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, जेठ ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्