अक्षय कुमारद्वारा टिभी कलाकारलाई ४५ लाख सहयोग
काठमाडौं, जेठ १५ : बलिउड अभिनेता अक्षय कुमारले टिभी कलाकारहरुको संस्था सिने एन्ड टिभी आर्टिस संघ (सिन्टा)लाई ४५ लाख भारतीय रुपैयाँ सहयोग गरेका छन्।
काठमाडौं, जेठ १५ : बलिउड अभिनेता अक्षय कुमारले टिभी कलाकारहरुको संस्था सिने एन्ड टिभी आर्टिस संघ (सिन्टा)लाई ४५ लाख भारतीय रुपैयाँ सहयोग गरेका छन्।
भारतमा पनि दुई महिनादेखि लकडाउन जारी छ। जसले गर्दा कलाकार, प्राविधिक एवं अन्य टिभी मजदुरहरुको दैनिकी कष्टकर बनेको छ। उनीहरुलाई राहतका लागि संघमार्फत सहयोग गरेको उनले बताएका छन्।
उनले यस अघि पनि टिभी कलाकारलाई सहयोग गरेका थिए। त्यस्तै, कोरोनाका लागि प्रधानमन्त्री राहत कोषमा २५ करोड भारतीय रुपैयाँ सहयोग गरेका थिए।
यस्तै, मुम्बई प्रहरीलाई दुई करोड र ब्रिहान मुम्बई सामुदायिक संगठनलाई तीन करोड बराबरको पीपीई सेट एवं अन्य सुरक्षा उपकरण उपलब्ध समेत गराएका थिए।
प्रकाशित मिति: ११:४७ बजे, बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार