Kathmandu Press

निसर्ग बाटिका स्कूलले बास्केटबल लिग च्याम्पियनसिप आयोजना गर्दै

यहि जेठ ९ देखि असार ७ गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ विद्यालय सहभागी हुनेछन् । जहाँ प्रत्येक टोलीले अन्य सबै टोलीहरुसँग “राउण्ड रोबिन लिग” प्रणाली अन्तर्गत प्रतिस्पर्धा गर्नेछन।  
निसर्ग बाटिका स्कूलले बास्केटबल लिग च्याम्पियनसिप आयोजना गर्दै

 

काठमाडौं, जेठ ८ : नेपाल – निसर्ग बाटिका स्कूलको आयोजनामा “प्रथम निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिप आयोजना २०२६” हुने भएको छ ।

यहि जेठ ९ देखि असार ७ गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ विद्यालय सहभागी हुनेछन् । जहाँ प्रत्येक टोलीले अन्य सबै टोलीहरुसँग “राउण्ड रोबिन लिग” प्रणाली अन्तर्गत प्रतिस्पर्धा गर्नेछन।  च्याम्पियनसिपको विजयताको निर्णय जितिएका खेलहरुबाट  प्राप्त अंकका आधारमा गरिनेछ। सम्पूर्ण खेलहरू निसर्गको माछागेट स्थित बास्केटबल कोर्ट तथा हाई स्कूल बास्केटबल कोर्टमा आयोजना गरिने आयोजकले जनाएको छ । 

विद्यार्थी खेलाडीहरूका लागि यो प्रतियोगिता आफ्नो प्रतिभा प्रदर्शन गर्ने, सीप निखार्ने तथा प्रतिस्पर्धात्मक वातावरणमा वास्तविक खेलको अनुभव प्राप्त गर्ने उत्कृष्ट अवसर मिल्नुका साथै विद्यालयहरूका लागि  आपसी सम्मानमा आधारित दीर्घकालीन सम्बन्ध निर्माण गर्ने माध्यम बन्ने आयोजकको भनाइ रहेको छ ।  

निसर्ग वारियर्स बास्केटबल लिग च्याम्पियनसिपको मुख्य उद्देश्य नेपालको बास्केटबल क्षेत्रको भविष्यमा लगानी गर्नु तथा युवा खेलाडीहरूलाई अर्थपूर्ण अवसर प्रदान गर्दै खेललाई गम्भीर रूपमा लिने संस्कृतिको विकास गर्न हो।

प्रकाशित मिति: ०७:०० बजे, शुक्रबार, जेठ ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्