Kathmandu Press

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए।
सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

काठमाडौं, जेठ ७ : बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेका हुन् । उनीहरूले नाराबाजी गरिरहेका छन्।

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए।

Hardik ivf

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। अहिले फेरि संसद सुरु भएसँगै विपक्षीको नाराबाजीबीच सभामुख अर्यालले संसद्को कारबाही अघि बढाएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने सिटबाट उभिएर विरोध गरिरहेको छ । विपक्षीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम माग गरिरहेका छन्।

वेलमा रहेका प्रतिपक्षीले निरंकुश प्रवृत्ति मुर्दावाद, संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन लगायतका नारा लगाएर उभिएर विरोध गरिरहेका छन्।

प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, जेठ ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्