Kathmandu Press

अर्जुनचौपारी गाउँपालिकाले सांसद रेग्मीको अभिव्यक्तिप्रति गरायो ध्यानाकर्षण

प्रतिनिधि सभा सदस्य रेग्मीले संसदमा ‘अर्जुनचौपारी गाउँपालिकामा केही आस्थाका आधारमा शिक्षक सरुवा गरेर दुःख दिइएको’ भन्ने अभिव्यक्ति दिएको भन्दै गाउँपालिकाले यस्तो जनाएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले एक पत्र मार्फत ध्यानाकर्षण गराउँदैं गाउँपालिकाले आफ्नो शिक्षा प्रणाली विद्यार्थीको भविष्य, शैक्षिक सुधार र पारदर्शिताप्रतिको ‘आस्था’मा आधारित रहेको उल्लेख गरेको छ । 
अर्जुनचौपारी गाउँपालिकाले सांसद रेग्मीको अभिव्यक्तिप्रति गरायो ध्यानाकर्षण

काठमाडौं, जेठ ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनञ्जय रेग्मीले संघीय संसदमा दिएको अभिव्यक्तिप्रति स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिनिधि सभा सदस्य रेग्मीले संसदमा ‘अर्जुनचौपारी गाउँपालिकामा केही आस्थाका आधारमा शिक्षक सरुवा गरेर दुःख दिइएको’ भन्ने अभिव्यक्ति दिएको भन्दै गाउँपालिकाले यस्तो जनाएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले एक पत्र मार्फत ध्यानाकर्षण गराउँदैं गाउँपालिकाले आफ्नो शिक्षा प्रणाली विद्यार्थीको भविष्य, शैक्षिक सुधार र पारदर्शिताप्रतिको ‘आस्था’मा आधारित रहेको उल्लेख गरेको छ । 

Hardik ivf

पत्रमा शिक्षा क्षेत्रमा गरिएको निर्णय गाउँपालिकाको नीति, आवश्यकता र संविधानले दिएको अधिकारभित्र रहेर गरिएको दाबी गरिएको छ । ध्यानाकर्षण पत्रमा गाउँपालिकाले शिक्षक सरुवालाई लिएर राजनीतिक दृष्टिकोणबाट टिप्पणी गर्नु उचित नभएको संकेत गरेको छ ।

 ‘यदि पार्टी विशेषप्रति आस्था राख्ने शिक्षकलाई छुट्टै व्यवस्था गर्नुपर्ने हो भने नाम पठाइदिनुहोस्, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्न गाउँपालिका हरसम्भव प्रयास गर्नेछ’ भन्ने व्यंग्यात्मक टिप्पणी पनि पत्रमा गरिएको छ । 

साथै, शिक्षक सरुवाको प्रक्रिया र मापदण्डबारे जानकारी लिन सामान्य प्रशासन मन्त्रालयबाट बुझ्न सुझाव दिँदै समग्र शिक्षक समुदायका समस्याबारे संसदमा आवाज उठाउन आग्रह गरेको छ ।

de7c8014-1676-4482-82ac-5585b6b02c71-1779364240.jpg
 
प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, जेठ ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्