Kathmandu Press

बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई

‘बाँदरको विषयमा सरकार किन सिरियस हुँदैन। यदी कोही मान्छेले बदमासी गर्यो भने उसलाई पुलिसले हातहरु बाँधेर लान्छ र जेलमा थुन्छ। आज बाँदरले सयौं मानिसहरुलाई बसाइ गराइसक्यो। सयौं मानिसहरुले दाल, भात, तरकारी खान पाएका छैनन्,’ उनले भने, ‘यसबारे सरकार किन सिरियस हुँदैन। जनताको जीवनमा जुन ठूलो समस्या बाँदर भएको छ यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनताको जीवन परिवर्तनमा ठूलो समस्या हुन्छ।’

काठमाडौं, जेठ ७ : नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकार बाँदर नियन्त्रणमा गम्भीर नभएको टिप्पणी गरेका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले बाँदरले जनताको बसाईं उठाएको भन्दै समास्या सामाधानमा लाग्नुपर्ने बताए।

Hardik ivf

‘बाँदरको विषयमा सरकार किन सिरियस हुँदैन। यदी कोही मान्छेले बदमासी गर्यो भने उसलाई पुलिसले हातहरु बाँधेर लान्छ र जेलमा थुन्छ। आज बाँदरले सयौं मानिसहरुलाई बसाइ गराइसक्यो। सयौं मानिसहरुले दाल, भात, तरकारी खान पाएका छैनन्,’ उनले भने, ‘यसबारे सरकार किन सिरियस हुँदैन। जनताको जीवनमा जुन ठूलो समस्या बाँदर भएको छ यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनताको जीवन परिवर्तनमा ठूलो समस्या हुन्छ।’

उनले कानुनी वा अन्य कुराबाट कसरी बाँदर नियन्त्रण गर्ने भन्ने जवाफ सात दिनभित्रै दिन माग गरे।

‘सात दिन पछाडि सबै सदस्य (सांसद) ले यसबारे कुरा उठाउनुहुन्छ । सदन चल्न गाह्रो हुन्छ । सरकारलाई सात दिनमा जवाफ दिन आग्रह गर्छु,’ उनले भने।

प्रकाशित मिति: १३:१३ बजे, बिहीबार, जेठ ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्