Kathmandu Press

प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

‘हाम्रो नियमावलीको नियम १५ को २ अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्री ज्यु सदनमा आएर माननीयहरुले उठाउनु भएका प्रश्नहरुको उत्तर दिनुपर्ने हो या होइन यो मेरो प्रश्न?’उनले भने।
प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

काठमाडौं, जेठ ७ : श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५९२० अनुसार नेपाल सरकारका नेतृत्वकर्ता प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिनुपर्ने बताएका हुन्।

Hardik ivf

‘हाम्रो नियमावलीको नियम १५ को २ अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्री ज्यु सदनमा आएर माननीयहरुले उठाउनु भएका प्रश्नहरुको उत्तर दिनुपर्ने हो या होइन यो मेरो प्रश्न?’उनले भने।

सांसद साम्पाङले आफूले २०८३ सालको १ महिनाको २८ र २९ गते गृहमन्त्रालय, रक्षामन्त्रालय तथा अन्य मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न उठाएको उल्लेख गर्दै ती प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने माग गरे।

‘मैंले २०८३ साल १ महिना २८ र २९ गते केही प्रश्नहरु राखेको थिए । जो गृहमन्त्रालयसँग र रक्षामन्त्रालयसँग सम्बन्धित थिए  केही अन्य मन्त्रालयसँग पनि सम्बन्धित प्रश्नहरु थिए । ती प्रश्नहरुको उत्तर प्रधानमन्त्री ज्युले आएर दिनुपर्छ भन्ने म माग राख्छु,’ उनले भने।

उनले गृहमन्त्रालयसमेत प्रधानमन्त्रीले सम्हालेको भन्दै सुकुम्बासी समस्या, शान्ति सुरक्षा, सीमा विवाद तथा लिपुलेकसँग सम्बन्धित विषयमा आफूले प्रश्न उठाएको बताए।

सांसद साम्पाङले संसदमा उठाइएका प्रश्नप्रति सरकार जिम्मेवार बन्नुपर्ने भन्दै प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने धारणा राखे।

‘गृहमन्त्रालय पनि प्रधानमन्त्रीले लिनुभएको छ । सुकुम्बासी लगायतका शान्ति सुरक्षासँग सम्बन्धित विषयहरुमा पनि मेरा प्रश्नहरु थिए । सिमासँग सम्बन्धित,लिपुलेकसँग सम्बन्धित विभिन्न खालका प्रश्नहरु हामीले सोधेका छौं । त्यसैले प्रधानमन्त्री ज्यु संसदमा आएर हामीले उठाएका प्रश्नको उत्तर दिनुपर्छ,’ उनले भने।

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, जेठ ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्