Kathmandu Press

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको अध्यक्ष आह्वान

यी सबै पदमा प्रतिस्पर्धात्मक प्रणालीबाट एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्ने सूचना तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ।
प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको अध्यक्ष आह्वान

काठमाडौं, जेठ ७ : सरकारले प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था, गोरखापत्र संस्थानको अध्यक्ष पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्ने भएको छ।

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रशारण संस्था, गोरखापत्र संस्थानको अध्यक्षका लागि बिहीबार दरखास्त आह्वान भएको हो। यी सबै पदमा प्रतिस्पर्धात्मक प्रणालीबाट एक जना उम्मेदवार छनोट गरी नियुक्त गर्ने सूचना तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ।

यी सबै पदमा जेठ १८ गतेभित्र दरखास्त दिन मन्त्रालयले गोरखापत्रमा सूचना प्रकाशित गरी जानकारी दिएको छ।

प्रकाशित मिति: ०७:५३ बजे, बिहीबार, जेठ ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्