Kathmandu Press

सिमा विवाद : झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

झडपमा परेर घाइते भएका हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।
सिमा विवाद : झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

बाजुरा, जेठ ६ : बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको झडपमा घाइते ६ जना मध्ये ४ जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। 

अस्थायी प्रहरी चौकी निर्माण र सिमा विवादमा दुई जिल्लाका स्थानीयबिच भएको विवादमा घाईते ४ जनालाई घण्टौ पछि उद्धार गरि सुर्खेत लगिएको हो।

Hardik ivf

झडपमा परेर घाइते भएका हिमाली गाउँपालिका ३ लाम्पाटा बस्ने पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिन कुवर र नरबहादुर गुरुङलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताए।

उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको उनले जानकारी दिए । झडपम प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा समेत घाइते भएका थिए।

हुम्लाको नाम्खा, ताजाकोट, सर्केगाड र खार्पुनाथको सिमानामा रहेको बाजुराको लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्न खोजेपछि हुम्लाका स्थानीयले कवारीखोला भन्दा वारिपट्टि आएर चौकीको संरचना बनाउन खोजिएको विवाद सिर्जना गरेका थिए।

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौ’ अभियानमा मेयर गोपाल हमाल,हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की,प्रशासकीय अधिकृत सहित ४० जनाको टोली रानिसैन हिडेको वेला झडप भएको थियो।

ड्रोनबाट भिडियो खिच्ने क्रममाः हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका २ थाली गाउँका करिब तिन सय बढी स्थानीय आक्रोसित भई वादविवाद र हातपात हुँदा पाँच जना घाइते भएका थिए । हुम्ली जनताले आक्रोशमा आई निन्दनीय घटना घटाएका हुन्।

प्रकाशित मिति: १६:४५ बजे, बुधबार, जेठ ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्