Kathmandu Press

सञ्चार क्षेत्रलाई आफ्नो ओज कायम राख्न सञ्चारमन्त्रीको सुझाव

मन्त्री तिमिल्सिनाले स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा प्रयोग गर्न नहुने बताउँदै राज्यको अंगसँग जोडिएको क्षेत्रले आफ्नो ओजलाई कायम राख्ने गरी कार्य गर्नुपर्ने बताए। 
सञ्चार क्षेत्रलाई आफ्नो ओज कायम राख्न सञ्चारमन्त्रीको सुझाव

काठमाडौं, जेठ ६ : सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रले आफ्नो ओज कायम राख्नु पर्ने बताएका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा प्रयोग गर्न नहुने बताउँदै राज्यको अंगसँग जोडिएको क्षेत्रले आफ्नो ओजलाई कायम राख्ने गरी कार्य गर्नुपर्ने बताए। 

Hardik ivf

उनले सञ्चार माध्यमहरु जवाफदेही पनि हुनुपर्ने बताए। उनले पत्रकारहरुलाई गरिमा र सीमाभित्र रहेका काम गर्न अनुरोध गरे। सरकार प्रेस स्वतन्‍त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

‘प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ । संविधानले दिएको अधिकार हो । तर, सँगै बुझ्नु पर्ने कुरा के हो भने स्वतन्त्रता भनेको स्वच्छन्दता होइन । जवाफदेही हुनुपर्छ’, उनले भने, ‘राज्यको अंकको रुपमा स्वीकारेको क्षेत्रले आफ्नो ओजलाई कायम गर्ने गरी कार्य गर्दा सरकारले चाहेर पनि केही गर्न सक्दैन ।’

उनले सरकारले सञ्चार माध्यमलाई गौरव गर्न लायक बनाउन प्रेस काउन्सिललाई सशक्त बनाउने प्रतिवद्धता जनाए। 

प्रकाशित मिति: १३:१८ बजे, बुधबार, जेठ ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्