Kathmandu Press

एक सातामै लुम्बिनी प्रदेशमा लामिनारका तीन एम्पोरियो शोरुम सञ्चालनमा 

लामिनारले रुपन्देहीको बुटवल–१३, बेलबासमा जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रालि, भैरहवावाको सिद्धार्थनगरमा जे जे स्टोनेक्स प्रालिसँग र दाङको तुल्सीपुर–५ मा सिद्धार्थ मार्बल हाउस प्रालिसँगको सहकार्यमा तीन वटा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । प्रिमियम टायलका लागि जहिले पनि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यताकाबिचमा लामिनारले स्थानीय तहमा नै गुणस्तरिय टायलको विक्रीवितरण सुरु गरेको हो ।  
एक सातामै लुम्बिनी प्रदेशमा लामिनारका तीन एम्पोरियो शोरुम सञ्चालनमा 

काठमाडौँ, जेठ ६ : नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लामिनारले एक साताभित्रै लुम्बिनी प्रदेशमा तीन वटा एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । 

लामिनारले रुपन्देहीको बुटवल–१३, बेलबासमा जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रालि, भैरहवावाको सिद्धार्थनगरमा जे जे स्टोनेक्स प्रालिसँग र दाङको तुल्सीपुर–५ मा सिद्धार्थ मार्बल हाउस प्रालिसँगको सहकार्यमा तीन वटा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । प्रिमियम टायलका लागि जहिले पनि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यताकाबिचमा लामिनारले स्थानीय तहमा नै गुणस्तरिय टायलको विक्रीवितरण सुरु गरेको हो ।  

लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुने पूर्ण भिट्रिफाईड टायल (एनएस ६१७, पूर्ण भिट्रिफाईड) हुन् । यस्तो टायलले कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ। लामिनारका विभिन्न शोरुममा फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह र उच्च चमक भएका हाई–ग्लस टायल गरी ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध छन्। 

Hardik ivf

शोरुमलाई घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकलाई लक्षित गरेर बनाइएको हो। यहाँ टायल छनोट गर्दा कुन प्रयोजनको लागि कस्तो टायल छनोट गर्ने भन्ने कुरालाई पनि प्राथमिकता दिइएको छ । “लामिनारका शोरुमहरुले ग्राहकलाई राम्रोसँग टायल हेर्न, गुणस्तर चिन्न र आवश्यकताअनुसार छनोट गर्न सहयोग पुर्याउँछ । अब टायल छनोट डिजाइन मात्र होइन, प्रयोगको आधारमा पनि गर्न सकिनेछ।” लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले बताए । 

यसका साथै, जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रालका अध्यक्ष छबिन्द्र भट्टराईले भने, “अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन्। टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन्। यो शोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ।” 

‘अब हामीले स्थानीय तहबाटै गुणस्तरीय टायल विक्री वितरण गरिरहेका छौँ हामीले नेपालमै उत्पादन गछौँ । गुणस्तरमा नो कम्प्रोमाइज भन्ने हाम्रो मूल मन्त्र हो ।’ लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानले बताए । 

कार्यक्रममा बोल्दै सिद्धार्थ मार्बल हाउस प्रा।लि।का निर्देशक राम बहादुर खड्काले पछिल्लो समय ग्राहकको सोच बदलिँदै गएको बताएका छन् । ‘अहिले देखिने मात्र होइन, कति टिकाउ र भरपर्दो छ भन्ने कुरा पनि महत्त्वपूर्ण भएको छ। लमिनारले त्यो आवश्यकता पूरा गर्छ।’ उनले बताए । 

“दाङमा बजार विस्तार हुँदै जाँदा गुणस्तरीय सामग्रीको पहुँच पनि क्रमशः बढिरहेको छ। यो शोरुमले त्यसलाई अझ व्यवस्थित बनाउने काम गर्छ।” लुम्बिनी सेरामिक्सका भाइस प्रेसिडेन्ट गौरव बस्नेत बताए । 

यसैगरी शोरुम उद्घाटन गर्दै युवा व्यसायीको संलग्नतामा अन्तर्राष्ट्रिय स्तरको टायल उत्पादन भएकोमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले लामिनारलाई धन्यवाद दिएका छन् । युवाहरुले स्वदेशमा नै पौरख गर्दै देशलाई आत्मनिर्भर बनाउने बाटोमा लागेको बताउँदैे व्यवसायलाई सफल बनाउनको लागि आवश्यक समन्वयन गर्ने समते बताए । 

यसका साथै सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले उद्घाटन समारोहमा बोल्दै अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित लामिनार टायल भैरहवामा आउनु खुसीको कुरा भएको बताएका छन् । ‘भैरहवा लुम्बिनी प्रदेशकै केन्द्र भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । यस्तो अवस्थामा लामिनार जस्तो गुणस्तरीय टायलको शोरुम यहाँ सञ्चालन गर्नु हाम्रो लागि खुसीको कुरा हो ।’ उनले बताए । 

जे जे स्टोनेक्स प्रा।लि।का निर्देशक देव कुमार अग्रवालले भने,“अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन्। टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरा पनि हेर्न थालेका छन्। यो शोरुमले त्यही कुरा बुझाउन सहयोग गर्छ।”

लमिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै टायललाई प्रयोगअनुसार बुझ्ने र छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लैजाने कम्पनीको लक्ष्य रहेको जनाएको छ। कम्पनीले १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: ०८:२८ बजे, बुधबार, जेठ ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्