Kathmandu Press

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ हुँदै

समितिमा शर्माविरूद्ध १६ वटा उजुरी परेका छन्। उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन्।
प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ हुँदै

काठमाडौं, जेठ ५ : प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय समितिमा सुनुवाइ भइरहेको छ।

समितिमा शर्माले समितिमा कार्ययोजना प्रस्तुत गरिरहेका छन्। 

समितिमा शर्माविरूद्ध १६ वटा उजुरी परेका छन्। उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन्।

समितिले आजै सुनुवाइ सक्ने हतार देखाएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध गरेका छन्। उनीहरूले शर्माविरूद्ध परेका उजुरी पढ्नसमेत नदिई सुनुवाइ सक्ने हतार देखाइएको भन्दै आपत्ति जनाएका थिए।

वैशाख २४ गते संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेको थियो। 

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, जेठ ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्