Kathmandu Press

लालटिन बालेर कानुन व्यसायीले गरे प्रदर्शन

सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्य र न्यायको खोजी गर्दै सर्वोच्च परिसरमा प्रदर्शन गरेका हुन्। 
लालटिन बालेर कानुन व्यसायीले गरे प्रदर्शन

काठमाडौं, जेठ ५ : कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन्।

सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्य र न्यायको खोजी गर्दै सर्वोच्च परिसरमा प्रदर्शन गरेका हुन्। 

एसोसिएसनको सोमबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो।

प्रधानन्यायधीश सिफारिसको विषयमा नेपाल बारले असन्तुष्ट व्यक्त गर्दै आएको छ।  वरिष्ठतम मिचेर चौथो वरीयताको न्यायाधीशलाई प्रधान्यायाधीशमा सिफारिस गरिएको भन्दै नेपाल बारले विरोध गरिरहेको छ।

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, जेठ ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्