Kathmandu Press

संसद् बैठक छाडेर हिँडे हर्क साम्पाङ

साम्पाङ आफ्नो भनाइ राख्न भन्दै आसनबाट उठेका थिए। तर, सभामुख डिपी अर्यालले उनले यसअघि समय नमागेको भन्दै बस्न आग्रह गरे। त्यसपछि उनी बैठक बहिष्कार गरेर बाहिरिए।
संसद् बैठक छाडेर हिँडे हर्क साम्पाङ

काठमाडौं, जेठ ५ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन्। मंगलबार बसेको बैठक बहिष्कार गरेर उनी निस्किएका हुन्। 

साम्पाङ आफ्नो भनाइ राख्न भन्दै आसनबाट उठेका थिए। तर, सभामुख डिपी अर्यालले उनले यसअघि समय नमागेको भन्दै बस्न आग्रह गरे। त्यसपछि उनी बैठक बहिष्कार गरेर बाहिरिए।

श्रम संस्कृति पार्टीका अरू सांसद भने बैठकमै छन्। 

बैठकको प्रारम्भमा साम्पाङले विरोध गरेका थिए। सरकारको विरोधमा उनले नारासहितको पर्चा देखाएका थिए।
 
प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, जेठ ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्