Kathmandu Press

इलामका पहिरो पीडितको पुनर्निर्माणमा बजेट न्यून भएको सांसद राईको आपत्ति

११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएकोमा सरकारले जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको भन्दै पुनर्निर्माणको काम सुस्त गति र न्यून बजेटप्रति असन्तुष्टि जनाए।
इलामका पहिरो पीडितको पुनर्निर्माणमा बजेट न्यून भएको सांसद राईको आपत्ति

काठमाडौं, जेठ ५ : नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुनः अर्को विपद्को मौसम सुरु हुन लागेकाले तत्काल पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराए।

११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएकोमा सरकारले जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको भन्दै पुनर्निर्माणको काम सुस्त गति र न्यून बजेटप्रति असन्तुष्टि जनाए।

‘विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। तर, सरकारले अहिलेसम्म जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ,’ उनले भने, ‘त्यो विनियोजित रकमबाहेक हालसम्म के–कति प्रगति भइरहेको छ भन्नेबारे कुनै जानकारी छैन। अब पुनः विपद्को मौसम सुरु हुँदैछ। विस्थापितहरूको सुरक्षित आवास र विपद्को पूर्वतयारीका कार्यहरू सरकारले अभिलम्ब अगाडि बढाओस् भन्ने जोडदार माग गर्दछु।’

प्रकाशित मिति: १३:२६ बजे, मंगलबार, जेठ ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्