तीन वटा संसदीय समितिको बैठक बस्दै
आज संसदीय सुनुवाइ समिति, अर्थ समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने भएको संसदीय सुनुवाइ समितिको चौथो बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने सम्बन्धमा छलफल हुनेछ ।
काठमाडौं, जेठ ५ : आज तिन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
आज संसदीय सुनुवाइ समिति, अर्थ समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो । बिहान ८ बजे बस्ने भएको संसदीय सुनुवाइ समितिको चौथो बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, अर्थ समितिको बैठक पनि बस्ने भएको छ । बिहान ९ः३० बजे बस्ने भएको बैठकमा उपसमितिहरूबाट सम्पादित कामकारबाही सम्बन्धमा जानकारी लिने र अन्य विविध विषयमा पनि छलफल हुनेछ ।
यस्तै, विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक आगामी ‘आ.व.२०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरूसँग छलफल’ हुनेछ ।
प्रकाशित मिति: ०७:४९ बजे, मंगलबार, जेठ ५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार