न्यायमूर्ति राजनीति गर्ने भए कोट खोलेर आउनुस् : सांसद बास्कोटा
‘अदालतमा दलीय हस्तक्षेत्र भएको हो र न्यायमूर्ति यहीँबाट उहाँकै कामरेडको भाषामा बुझाउन चाहन्छु– राजनीति नै गर्न खोज्नुभएको हो न्यायमूर्तिहरूले भने कोट खोलेर आउनुहोला। हामी तयार छौं,’ उनले भनिन्।
काठमाडौं, जेठ ४ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई कोसँग लडाइँ बाँकी भन्दै भन्ने प्रश्न गरेकी छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कामु प्रधानन्यायाधीधले कानुन सेवा दिवसको दिन दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ‘सरकारसँग लडाइँ छ’ भनेको भए आफ्नो रहेको खेद बताइन्।
‘कोसित लडाईं बाँकी छ ? उहाँ त न्यायमूर्ति हो । यदि, सरकार–सत्तासित लडाईं अझै बाँकी छ भन्नुभएको भए पहिलो चरणमा खेद छ,’ उनले भनिन्।
उनले ‘राजनीति नै गर्ने भए कोट खोलेर आउनू’ भन्दै चुनौती दिइन्।
‘अदालतमा दलीय हस्तक्षेत्र भएको हो र न्यायमूर्ति यहीँबाट उहाँकै कामरेडको भाषामा बुझाउन चाहन्छु– राजनीति नै गर्न खोज्नुभएको हो न्यायमूर्तिहरूले भने कोट खोलेर आउनुहोला। हामी तयार छौं,’ उनले भनिन्।
प्रकाशित मिति: १५:१४ बजे, सोमबार, जेठ ४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार