Kathmandu Press

त्रिविको ८० प्रतिशत उपस्थितिको नियम पुनरवलोकन गर्न सांसद धितालको आग्रह

उनले नियमिता र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु आवश्यक भए पनि अहिले विश्व खुला ज्ञानको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै विद्यार्थीको क्षमता भन्दा पनि कक्षाकोठामा बिताएको समयलाई प्राथमिकता दिने मानसिकता परिवर्तन गर्नुपर्ने धारणा राखिन्।
त्रिविको ८० प्रतिशत उपस्थितिको नियम पुनरवलोकन गर्न सांसद धितालको आग्रह

काठमाडौं, जेठ ४ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले त्रिभुवन विश्वविद्यालयमा ८० प्रतिशत भौतिक उपस्थितिको नियममाथि पुनर्विचार गर्न आग्रह गरेकी छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धितालले त्रिवि अन्तगएतका कक्षाहरुमा प्रत्येक सेमेस्टरमा लागू गरिएको ८० प्रतिशत उपस्थितिको नियमको उद्देश्य सकारात्मक भएपनि त्यसले मात्र विद्यार्थीको ज्ञान र क्षमता मापन गर्न नसकिने बताइन्।

Hardik ivf

‘त्रिभुवन विश्वविद्यालयमा प्रत्येक सेमेस्टरमा ८० प्रतिशत भौतिक उपस्थितिको नियमको उद्देश्य राम्रो थियो। नियमिता र गुणस्तरिय शिक्षा सुनिश्चित गर्नु राम्रो हो। तर सोचौं त भौतिक उपस्थितिको प्रतिशतले मात्र ज्ञान मापन गर्न सकिन्छ?,’ उनले भने, ‘आज विश्व खुला ज्ञानको युगमा प्रवेश गरिसकेको छ। तर आज पनि हामी विद्यार्थीको क्षमता भन्दा बेन्चमा बसेको समय गणना गर्ने मानसिकतामा अल्झिरहेका छौं । यदी विद्यार्थी कक्षामा बसेर पनि सिकिरहेको छैन भने १०० प्रतिशत उपस्थिति पनि विना अर्थको देखिन्छ।’

उनले नियमिता र गुणस्तरीय शिक्षा सुनिश्चित गर्नु आवश्यक भए पनि अहिले विश्व खुला ज्ञानको युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै विद्यार्थीको क्षमता भन्दा पनि कक्षाकोठामा बिताएको समयलाई प्राथमिकता दिने मानसिकता परिवर्तन गर्नुपर्ने धारणा राखिन्।

सांसद धितालले नियमहरू विद्यार्थीलाई सक्षम बनाउनका लागि हुनुपर्ने, दबाब सिर्जना गर्नका लागि नभएको बताउँदै सरकार र विश्वविद्यालय प्रशासनलाई उपस्थितिको कठोर गणनाभन्दा माथि उठेर गुणस्तरीय शिक्षा, सिर्जनशीलता र वास्तविक सिकाइलाई केन्द्रमा राख्न आग्रह गरिन्।

‘नियमहरु विद्यार्थीलाई सक्षम बनाउनका लागि हुनुपर्छ, थिच्नका लागि होइन । सरकार र विश्वविद्यालय प्रशासनलाई आग्रह गर्न चाहन्छु उपस्थितिको कठोर गणना भन्दा माथि उठेर गुणस्तरिय शिक्षा, सिर्जनशिलता र वास्तविक सिकाईलाई केन्द्रमा राख्ने साहस गरियोस्,’ उनले भनिन्।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, जेठ ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्