Kathmandu Press

वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा संकट : इन्दिरा राना मगर

‘पाटन औद्योगिक क्षेत्र भनेको मूर्तिहरु बनाउने भनेर घरेलु उद्योगको लागि छुट्याएको क्षेत्र हो। यसलाई अहिले ठूलो–ठूलो उद्योगहरु खोलेर प्रयोग गरिएको छ। त्यसले गर्दा त्यो ठाउँमा धेरै मानिसहरु बिरामी हुने र मृत्यु नै हुने अवस्था रहेको छ,’ उनले भनिन्।
वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा संकट : इन्दिरा राना मगर

काठमाडौं, जेठ ४ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पाटन औद्योगिक क्षेत्र मूर्तिकलासँग सम्बन्धित घरेलु उद्योगका लागि छुट्याइएको क्षेत्र भए पनि अहिले त्यहाँ ठूला उद्योग सञ्चालन भइरहेको जानकारी गराइन्। उनले ती उद्योगका कारण स्थानीय बासिन्दा बिरामी पर्ने तथा मृत्यु हुने अवस्था सिर्जना भएको उल्लेख गरिन्।

Hardik ivf

‘पाटन औद्योगिक क्षेत्र भनेको मूर्तिहरु बनाउने भनेर घरेलु उद्योगको लागि छुट्याएको क्षेत्र हो। यसलाई अहिले ठूलो–ठूलो उद्योगहरु खोलेर प्रयोग गरिएको छ। त्यसले गर्दा त्यो ठाउँमा धेरै मानिसहरु बिरामी हुने र मृत्यु नै हुने अवस्था रहेको छ,’ उनले भनिन्।

त्यस्तै उनले झापा क्षेत्र नम्बर–२ मा पनि वायु प्रदूषणका कारण धेरै मानिस क्यान्सर पीडित भएको दाबी गरिन्। उनका अनुसार एसियन हाइवे निर्माणका क्रममा बस्ती क्षेत्रमा अलकत्रा प्रयोग गरिएपछि स्थानीयवासी स्वास्थ्य समस्याबाट प्रभावित भएका छन्।

उनले पटक–पटक सम्बन्धित निकायमा रिपोर्ट गर्दा पनि सुनुवाइ नभएको गुनासो गरिन्।

‘झापा क्षेत्र–२ मा वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन्। त्यहाँ एसियन हाइवे बनाउने भनेर बस्तिमा अलकत्र बनाइएको छ धेरै पटक रिपोर्ट गर्दा पनि सुनिएको छैन,’ उनले भनिन्।

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, जेठ ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्