खेतीको मुख्य समयमा मल–बीउ अभाव हुँदा कृषि पेशानै संकटमा स् सांसद लामीछाने
‘देशका किसानहरू खेती गर्ने मुख्य समयमा मल बिउ बीजन र आश्वयक कृषि अैजारको अभावमा छन्। समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने साभावना छ। किसान निराश भइरहेका छन्। कृषि पोशानै संकटका परेको छ,’ उनले भने।
काठमाडौं, जेठ ४ : प्रतिनिधिसभाका सांसद अचुतम लामीछानेले देशभरका किसानहरू खेती गर्ने मुख्य समयमा मल, बीउ–बिजन तथा आवश्यक कृषि औजारको अभाव झेलिरहेको बताएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले समयमै मल र बीउ उपलब्ध हुन नसक्दा कृषि उत्पादन घट्ने जोखिम बढेको बताएका हुन् । उनले कृषि पेशा नै संकटमा पर्ने बताए।
‘देशका किसानहरू खेती गर्ने मुख्य समयमा मल बिउ बीजन र आश्वयक कृषि अैजारको अभावमा छन्। समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने साभावना छ। किसान निराश भइरहेका छन्। कृषि पोशानै संकटका परेको छ,’ उनले भने।
किसानले आफ्नै खेतमा उत्पादन गरेका वस्तु खेतदेखि उपभोक्ताको पेटसम्म पु¥याउन ठूलो संघर्ष गर्नुपरेको उनले उल्लेख गरे । उनले किसानको श्रम र योगदानको सम्मान गर्न सरकारसँग माग गरे।
‘आफ्नो जग्गामा उत्पादन बस्तु खेत देखी पेट सम्म पुयाउनको लागी आफ्नो गोठका उत्पादन भएका उत्पादित बस्तु गोठ देखी ओठ सम्म पुर्याउनलागि दुख गर्ने कृषकलाई सम्झोर सरकार सँगै माग गर्दछु,’ उनले भने।
उनले कृषि प्रयोजनका औजार तथा कृषि मालवाहक सवारी साधन खरिद गर्दा भन्सार शुल्कमा शून्य करको व्यवस्था गरी किसानमैत्री वातावरण निर्माण गर्न आग्रह गरे।
‘कृषि क्षेत्रमा प्रयोजन हुने कृषि औजार र कृषि मालवाहक सवारी साधन खरिद गर्न भन्सार सुल्क मा शून्य करको व्यवस्था गरी किसान मैत्री वातावरण गरियोस्,’ उनले भने।












