Kathmandu Press

ललित र सन्दीपकाे घातक बलिङ, स्कटल्यान्ड १९४ रनमै अलआउट

कीर्तिपुरस्थित टियू रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा समेटिएको हो।
ललित र सन्दीपकाे घातक बलिङ, स्कटल्यान्ड १९४ रनमै अलआउट

काठमाडाैं, जेठ ४ : ललित राजवंशी र सन्दीप लामिछानेले घातक बलिङ गरेपछि आईसिसी विश्वकप लिग २मा नेपालले  स्कटल्यान्डलाई १९४ रनमै अलआउट गरेको छ। 

कीर्तिपुरस्थित टियू रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा समेटिएको हो। योसँगै नेपालले १९५ रनको मध्यम लक्ष्य पाएको छ।

Hardik ivf

स्टकल्यान्डका लागि ब्रान्डन म्याकमुलेन र मिचेल इंग्लिसले अर्धशतक बनाए। विस्फोटक ब्याटिङ गरेका म्याकमुलेनले ४४ बलमा समान ६ चौका र छक्का प्रहार गर्दै ७३ रन बनाए। 

यस्तै, इंग्लिसले ७२ बलमा ४ चौका र १ छक्का मद्दतमा ५१ रन बनाए। यी दुईबाहेक जर्ज मुन्सेले २१ र म्यार्क वाटले २० रन बनाए।

स्कटल्यान्डलाई समस्तैमा रोक्ने क्रममा नेपालका ललित राजवंशीले ४ विकेट लिए। उनले ८ ओभरमा ३२ रन मात्र खर्चिए। यस्तै, सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। 

खेलमा जर्ज मुन्सेलाई बोल्ड गर्दै सन्दीपले एकदिवसीय क्रिकेटमा छिटो १५० विकेट लिने ऐतिहासिक कीर्तिमान बनाए। सन्दीपले ७३ खेलमा यो उपलब्धि हाासिल गरे। उनले ७७ खेलमा १५० विकेट लिएका मिचेत स्टार्कको कीतिमान तोडे।

सन्दीप र ललितबाहेक सोमपाल कामी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले पनि समान १ विकेट लिए।

ललितले ४ र सन्दीपले ३ विकेट लिएको खेलमा स्कटल्यान्ड ३९.१ ओभरमा अलआउट भयो। स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३ र मिचेल इंग्लिसले ५१ रन बनाए।

प्रकाशित मिति: १२:४४ बजे, सोमबार, जेठ ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्