सांसद राईको अभिव्यक्तिप्रति आशिकाको आपत्ति
‘उहाँले बादरलाई मार्न पाउनुपर्छ भनेर जुन अभिव्यक्ति दिनुभएको त्यो फिर्ता होइन् पूरै काटेर फालिनुपर्छ। उहाँले सलामी दिनुपर्ने भन्नुभयो यो शब्द पनि आपत्तिजनक छ,’ उनले भनिन्।
काठमाडौं, जेठ ४ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद राईले बाँदरले आम नागरिकलाई दुःख दिएको भन्दै मार्न पाउनुपर्ने माग गरेको थिए।
‘आज पनि धेरै माननीय ज्यूहरुले कुराहरु उठाउनुभयो बाँदर बदेलहरुले आज पनि जनताहरुलाई दुख दिइरहेको छ। यसको नीति कार्यक्रम हामीले कस्तो बनाउँदै छौं ? यसको हामीले के लेख्दै छौं यसको विषयमा । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएर नबस्नुस् बाँदरलाई सलामी देउm। यदी होइन भने हामीलाई दुख दिइरहेको छ,’ उनले भनेका थिए।
सांसद तामाङले उनले अभिव्यक्तिमाथि उठेर आपत्ति जनाएकी हुन्।
‘उहाँले बादरलाई मार्न पाउनुपर्छ भनेर जुन अभिव्यक्ति दिनुभएको त्यो फिर्ता होइन् पूरै काटेर फालिनुपर्छ। उहाँले सलामी दिनुपर्ने भन्नुभयो यो शब्द पनि आपत्तिजनक छ,’ उनले भनिन्।