Kathmandu Press

आधुनिक क्यान्सर उपचारमा ब्राकीथेरापी र न्यून चिरफार प्रविधिको प्राथमिकता

काठमाडौँको रोयल टुलिप होटलमा आयोजित सम्मेलनलाई ‘निरन्तर चिकित्सा शिक्षा’ नाम दिइएको थियो । कार्यक्रममा भारत र नेपालका क्यान्सर रोग विशेषज्ञले अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै क्यान्सर रोगको उपचारमा सीमा पार सहकार्यलाई थप सुदृढ पार्ने विषयमा छलफल भएको थियो । 
आधुनिक क्यान्सर उपचारमा ब्राकीथेरापी र न्यून चिरफार प्रविधिको प्राथमिकता

काठमाडौँ, जेठ ४ : भारतको म्याक्स हेल्थकेयरको आयोजना र नेशनल क्यान्सर अस्पतालसँगको सहकार्यमा सातौँ अन्तर्राष्ट्रिय सम्मेलन (एनसिएचकन) सम्पन्न भएको छ । 

काठमाडौँको रोयल टुलिप होटलमा आयोजित सम्मेलनलाई ‘निरन्तर चिकित्सा शिक्षा’ नाम दिइएको थियो । कार्यक्रममा भारत र नेपालका क्यान्सर रोग विशेषज्ञले अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै क्यान्सर रोगको उपचारमा सीमा पार सहकार्यलाई थप सुदृढ पार्ने विषयमा छलफल भएको थियो । 

Hardik ivf

कार्यक्रमका मुख्यवक्ता म्याक्स स्मार्ट सुपर स्पेशालिटी अस्पताल, नयाँदिल्लीका सर्जिकल अन्कोलोजी विभाग प्रमुख डा एसभिएस डेओले जटिल अन्कोलोजिकल शल्यक्रियामध्ये ग्यास्ट्रोइन्टेस्टाइनल र टाउको–घाँटीसम्बन्धी क्यान्सरबारे आफ्नो अनुभव सुनाएका थिए । उनले भने, “सानो चिरफार गरेर गरिने शल्यक्रिया, आधुनिक सटीक प्रविधि र विभिन्न विशेषज्ञको संयुक्त उपचारले क्यान्सर उपचारमा धेरै सुधार देखिएको छ, यसले बिरामीको बाँच्ने सम्भावना र दैनिक जीवन अझ राम्रो बनाएको छ ।”

म्याक्स स्मार्ट सुपर स्पेशालिटी अस्पताल मेडिकल अन्कोलोजी निर्देशक डा नागेन्द्र शर्माले क्यान्सर रोग व्यवस्थापनका नयाँ रणनीतिबारे प्रस्तुतिकरण दिएका थिए । उनले रोगको प्रारम्भिक पहिचानको महत्वबारे जोड दिँदै जनचेतना, स्क्रिनिङ र आधुनिक परीक्षण विधिबाट क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सकिने बताए । त्यसो हुन सकेमा सफल उपचारको सम्भावना बढी हुने उनको भनाइ थियो । 

काठमाडौँ क्यान्सर केन्द्रका सह–प्राध्यापक तथा शैक्षिक निर्देशक डा सुभास पण्डितले ब्राकीथेरापीको प्रयोगबारे प्रकाश जानकारी दिँदै भने, “टाउको–घाँटी क्यान्सरमा ब्राकीथेरापी विधिले रोग भएको ठाउँमै सिधै विकिरण दिन्छ, यसले वरिपरिका स्वस्थ अंग जोगाउँछ, त्यसैले बिरामीको काम गर्ने क्षमता र जीवनस्तर राम्रो रहन्छ ।”

राष्ट्रिय अस्पताल तथा क्यान्सर केन्द्रका वरिष्ठ कन्सल्टेन्ट अन्कोलोजिस्ट डा मदनकुमार पियाले यसप्रकारका कार्यक्रमले उपचार पद्धतिमा सुधार र उत्कृष्ट अभ्यास अपनाउन सहयोग पुग्ने बताए । उनले यसको लाभ बिरामीले नै पाउने उल्लेख गरे । 

त्यस अवसरमा नेपाली अन्कोलोजी क्षेत्रका अन्य वरिष्ठ चिकित्सकहरूको पनि सहभागिता थियो । कार्यक्रममा क्षेत्रीय चुनौती, नयाँ प्रविधि र सहकार्यका अवसरबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमपछि म्याक्स हेल्थकेयरले नेपाली चिकित्सा समुदाय र आयोजकप्रति आभार व्यक्त गरेको छ । संस्थाले यस्ता कार्यक्रममार्फत ज्ञान आदान–प्रदान, नवप्रवर्तन र सहकार्य बढाउँदै क्यान्सर उपचारको गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: ०७:०० बजे, सोमबार, जेठ ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्