Kathmandu Press

नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु हुँदैन : पौडेल

काठमाडौं, जेठ १५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु नहुने बताएका छन्।&....

नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु हुँदैन : पौडेल

काठमाडौं, जेठ १५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु नहुने बताएका छन्। 

गणतन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना दिँदै वरिष्ठ नेता पौडेलले नेपाली नेपाली जनताको सात दशक लामो संर्घषले नेपालमा राजनीति व्यवस्थाको टुंगो लगाएको बताउँदै अब कुनै पनि हालतमा नेपाललाई राजनीतिक प्रयोगको थलो बन्न दिनु नहुने बताएका हुन्।

उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ र स्थिर बनाएर मुलुकले विकासको काँचुली फेर्नु पर्ने बताएका छन्। मुलुक संकटमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आवश्यक रहेको पुष्टि कोरोन संक्रमणका बेलामा स्थानीय सरकारले देखाएको भूमिकाले देखाएको उनको भनाइ छ।

'संघीय गणतन्त्र देशलाई परि आउँदा कत्तिको उपयोगी रहेछ भन्ने कुरा कोरोना महामारीको महाविपत्तिमा स्थानीय तहले देखाएको कार्य क्रियाशिलताले प्रमाणित गरेका छन्,'उनले भनेका छन्।
 

प्रकाशित मिति: ०८:३१ बजे, बिहीबार, जेठ १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्