जबज नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो : विद्या भण्डारी
‘मदन भण्डारी र जीवराज आश्रित नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र होइन् वैचारिक स्पष्टता र जनमुखी राजनीति संस्कार नयाँ चरणमा पुर्याएको थियो। उनीहरूले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो। जनताले विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई अझ गहिरोसँग विस्थापित गर्नुभयो,’ उनले भनिन्।
काठमाडौं, जेठ ३ : पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन्।
आइतबार बल्खुस्थित मदननगरमा आयोजित ३३औँ मदन–आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्याएको उल्लेख गरिन्।
‘मदन भण्डारी र जीवराज आश्रित नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र होइन् वैचारिक स्पष्टता र जनमुखी राजनीति संस्कार नयाँ चरणमा पुर्याएको थियो। उनीहरूले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो। जनताले विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई अझ गहिरोसँग विस्थापित गर्नुभयो,’ उनले भनिन्।
उनले राजनीति जनताको जीवनसँग जोडिएको विषय भएको भन्दै जनताको विश्वासबाट निर्देशित हुनुपर्ने मान्यतालाई मदन भण्डारी र जीवराज आश्रितले अझ गहिरो बनाएको बताइन्।
भण्डारीले एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार रहेको उल्लेख गर्दै यसलाई नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको बताइन्।
‘एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवादमा नेपाली समाजको यथार्थ आधारित मौलिक राजनीतिक बिचार हो । यसलाई हामीले नेपालमा माक्र्सवादको सिर्जनाको रूपमा आत्मसाथ गरेका छौँ,’ उनले भनिन्।
उनका अनुसार लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
‘यसले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र संवृद्धिको यात्रालाई मार्ग दर्शक गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने।












