Kathmandu Press

पहिलो पाईला स्याङ्जाको अध्यक्षमा पुन मरासिनी 

स्याङ्जा सदरमुकामस्थित अभियानपथमा रहेको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न शाखाको तेस्रो अधिवेसनबाट मरासिनीको नेतृत्वमा ९ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत् भएको हो ।
पहिलो पाईला स्याङ्जाको अध्यक्षमा पुन मरासिनी 
Hardik ivf

काठमाडौं, जेठ ३ : पहिलो पाईला नेपाल पुतलीबजार शाखा स्याङ्जाको अध्यक्षमा दोस्रो कार्यकालको लागि पुन पवन मरासिनी सर्वसम्मत निर्वाचित भएका छन् । स्याङ्जा सदरमुकामस्थित अभियानपथमा रहेको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न शाखाको तेस्रो अधिवेसनबाट मरासिनीको नेतृत्वमा ९ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत् भएको हो ।

समितिको उपाध्यक्षमा अशिम भण्डारी, सचिव बिशाल ढुङ्गाना,कोषाध्यक्ष साहजद खान निर्वाचित भएका हुन । यस्तै समितिको सदस्यहरुमा निरज श्रेष्ठ, समिक्षा मरासिनी, निरज पौडेल, प्रसंशा लम्साल र सन्दिप रोकाहा निर्वाचित भएका हुन । उनिहरुलाई पहिलो पाईला नेपालका केन्द्रिय प्रवक्ता बिनोद बस्यालको संयोजकत्वमा रहेको निर्वाचन समितिले निर्वाचित गरेको हो ।

शनिबार सम्पन्न अधिवेसनको उद्घाटन पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले गरेका थिए । पहिलो पाईला नेपाल विगत १ दशक यता स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आएको छ ।

प्रकाशित मिति: ०९:२२ बजे, आइतबार, जेठ ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्