Kathmandu Press

स्वास्थ्य बिमा प्रभावकारी बनाउन ईएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड

‘स्वास्थ्य बिमालाई हामीले थप संवेदनशील बनाउनुपर्छ । इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ प्रणालीलाई चुस्त–दुरुस्त र एकरूप बनाउनु आवश्यक छ। यदि हामीले ईएमआर प्रणालीलाई सुदृढ बनाउन सकेनौँ भने अनावश्यक क्लेमहरू आउने क्रम जारी रहन्छ,’ उनले भनिन्।
स्वास्थ्य बिमा प्रभावकारी बनाउन ईएमआर प्रणाली सुदृढ गर्नुपर्नेमा सभापति शेरचनको जोड

काठमाडौं, जेठ २ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा= ओजस्वी शेरचनले स्वास्थ्य बिमा प्रभावकारी बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणालीलाई थप व्यवस्थित, एकरूप र सुदृढ बनाउनुपर्ने बताएकी छन्।

रास्वपाको संसदीय दलको समन्वयमा स्वास्थ्य विभागद्वारा आयोजित ‘स्वास्थ्य बिमा किन थला पर्यो< उत्तर खोजौँ’ विषयक नीति मन्थन कार्यक्रममा बोल्दै शेरचनले स्वास्थ्य बिमालाई संवेदनशील र विश्वसनीय बनाउन ईएमआर प्रणाली सुधार अपरिहार्य रहेको उल्लेख गरिन्।

Hardik ivf

‘स्वास्थ्य बिमालाई हामीले थप संवेदनशील बनाउनुपर्छ । इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ प्रणालीलाई चुस्त–दुरुस्त र एकरूप बनाउनु आवश्यक छ। यदि हामीले ईएमआर प्रणालीलाई सुदृढ बनाउन सकेनौँ भने अनावश्यक क्लेमहरू आउने क्रम जारी रहन्छ,’ उनले भनिन्।

उनका अनुसार ती क्लेमहरूको मूल्याङ्कन गर्ने जनशक्ति पनि योग्य र दक्ष हुन आवश्यक छ । ‘ईएमआरको क्लेम हेर्ने व्यक्तिहरू योग्य हुनुपर्छ। यदि योग्य छैनन् भने उनीहरूलाई तालिम दिएर सक्षम बनाउनुपर्छ,’ उनले भनिन्।

शेरचनले स्वास्थ्य बिमा प्रणालीलाई प्रभावकारी बनाउन प्रविधिमैत्री व्यवस्थापन, दक्ष जनशक्ति र एकीकृत ईएमआर प्रणाली आवश्यक रहेकोमा जोड दिइन्।

प्रकाशित मिति: १४:२२ बजे, शनिबार, जेठ २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्