सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ
‘हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रम मन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन,’ गुरुङले भने।
काठमाडौं, जेठ २ : तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन्।
यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे।
‘हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रम मन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन । पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन,’ गुरुङले भने।
गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई ‘कुनै गलत काम त छैन नि?’ भनेर प्रश्न गरेको समेत बताए। उनले थपे, ‘गलत भएको भए तपाईँलाई कारबाही हुन्छ है भनेर अगाडिदेखि नै भनिसक्नुभएको छ। म ढुक्क छु, मेरो कुनै गल्ती छैन।’
प्रकाशित मिति: ०९:१६ बजे, शनिबार, जेठ २, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार