Kathmandu Press

लुम्बिनीम मन्त्रालयको संख्या १२ बाट ८मा झानिरे

लुम्बिनीम मन्त्रालयको संख्या १२ बाट ८मा झानिरे

दाङ, जेठ १ : लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या घटाइने भएको छ। 

प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या १२ बाट घटाएर ८ वटा कायम गर्नेगरी तयारी थालेको छ। 

Hardik ivf

कार्यसम्पादनलाई चुस्त, छरितो र मितव्ययी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथासिघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको छ।

समितिमा प्रमुख सचिव कृष्णप्रसाद काप्री संयोजक रहेका छन्।

सरकारले समितिलाई प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७९ मा आवश्यक संशोधनको मस्यौदासहित प्रतिवेदन पेश गर्न निर्देशन दिने सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जनाए।

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, जेठ १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्