एन्फामाथिकाे निलम्बन फुकुवा
एन्फा महासचिवसहितको पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि राखेपले प्रतिबन्ध फुकुवा गरेको हो।
काठमाडाैं, जेठ १ : अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेकाे निलम्बन फुकुवा भएकोछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार एन्फामाथि आफूले लगाएको प्रतिबन्ध फुकुवा गरेको हो।
एन्फा महासचिवसहितको पदाधिकारीले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि राखेपले प्रतिबन्ध फुकुवा गरेको हो।
राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको भन्दै गत ११ चैतमा खेलकुद विकास ऐन २०७७ को दफा २९ को ९२० लाई टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो।
निलम्बन फुकुवासँगै नेपालले साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने पक्का जस्तै बनेको छ। एन्फामाथिको निलम्बनपछि नेपालको सहभागीता अन्योलनमा परेको थियो।
सहभागीता अन्योलमा परेपनि नेपाली महिला टिमले भने बन्द प्रशिक्षण गरिरहेको थियो।
प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, जेठ १, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












