Kathmandu Press

एसईई परिक्षामा नवोदित स्कूलको शतप्रतिशत नतिजा

परिक्षामा सहभागी सबै विद्यार्थीले उत्कृष्ट नतिजासहित शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । नवोदितका अनुश्री न्यौपाने र सलिना श्रेष्ठले ४.० जिपिए ल्याएका छन् ।
एसईई परिक्षामा नवोदित स्कूलको शतप्रतिशत नतिजा

काठमाडौँ, जेठ १ : काठमाडौँको सामाखुशीस्थित कपुरधारामा रहेको नवोदित विद्या कुञ्ज स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ। 

परिक्षामा सहभागी सबै विद्यार्थीले उत्कृष्ट नतिजासहित शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो । नवोदितका अनुश्री न्यौपाने र सलिना श्रेष्ठले ४.० जिपिए ल्याएका छन् । त्यसैगरी, अन्य उत्कृष्ट अंक ल्याउने विद्यार्थीमा विनिता चौधरी ३.९५, बिक्रम वेखडा ३.९१, श्रेया सुवेदी ३.९०, सिम्रन शाही ३.८६, अनुराग शाह ३.८३ र हिमानी थापा ३.८२ जिपिए ल्याएका छन् । 

स्कूलका उपप्राचार्य विकासराज शर्माले गौरवमय उपलब्धिप्रति स्कूलले सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सफलतामा महत्वपूर्ण भूमिका खेल्ने शिक्षक र अभिभावकप्रति पनि विद्यालयले कृतज्ञता समेत व्यक्त गरेका छन् । 

प्रकाशित मिति: १३:४९ बजे, शुक्रबार, जेठ १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्