Kathmandu Press

पर्यटन क्षेत्रमा नवीनता र विविधीकरणमा सभापति उदासको जोड

उनले नेपालको पर्यटनलाई विविधीकरण गर्न र नयाँ आयामहरू थप्नका लागि आध्यात्मिक पर्यटन जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन्।
पर्यटन क्षेत्रमा नवीनता र विविधीकरणमा सभापति उदासको जोड

काठमाडौं, जेठ १ : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्ने बताएकी छन्।

पर्यटन कानुन संशोधन विधेयक २०८१ उपर सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम ‘हेलो सांसद’मा बोल्दै उदासले पर्यटन कानुन संशोधन विधेयक २०८१ लाई परिष्कृत र समयसापेक्ष बनाउन समितिले गहन अध्ययन गरिरहेको बताएकी हुन्। उनले प्रस्तावित विधेयकका प्रत्येक दफाहरूमा सुक्ष्म छलफल गरी यसलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिइन्।

Hardik ivf

 ‘पर्यटन कानुन संशोधन विधेयकमा धेरै कुरा मिसिङ भएको छ । यहाँहरु सबैले दिनुभएका सुझावहरु हामी समेट्ने प्रयास गर्नेछौं। यसमा धेरै छलफल गर्न आवश्यक पनि छ,’ उनले भनिन्, ‘राष्ट्रिय सभाबाट पारित भएको पर्यटन विधेयक प्रतिनिधिसभाबाटै पारित हुन र छलफल हुन बाँकी नै छ। अब छिट्टै हाम्रो समितिमा यो विधेयक आउने छ र हामी यसको प्रत्येक दफामा गहन छलफल गर्ने छौं। पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्छ।’

सभापति उदासले नेपालको पर्यटन क्षेत्रलाई विश्वव्यापी स्तरमा प्रतिस्पर्धी बनाउन पुरानो सोचबाट बाहिर निस्कनुपर्ने धारणा व्यक्त गरिन्। उनले नेपालको पर्यटनलाई विविधीकरण गर्न र नयाँ आयामहरू थप्नका लागि आध्यात्मिक पर्यटन जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

छलफलका क्रममा उनले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट नियामक ढाँचा ९ र दिशा निर्देश गर्ने दस्तावेजको आवश्यकता औंल्याइन्।

पर्यटन क्षेत्रलाई मापनयोग्य र राष्ट्रिय गौरवको विषय बनाउनका लागि नवीन सोचका साथ अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, जेठ १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्