नीति तथा कार्यक्रममाथिको जाफवमा प्रधानमन्त्रीबाटै सुन्ने श्रम संस्कृतिको अडान
‘प्रधानमन्त्री यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नुभएन, ‘तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहीँ विश्वास लिएको छु। यदी प्रधानमन्त्री उपस्थित नभए हाम्रो पार्टी बैठकबाट बाहिरिन्छ, हामीले अरुबाट सुन्नुपर्ने स्थिति होइन,’ उनले भने।
काठामडौं, वैशाख ३१ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बाहेक अरूबाट नसुन्ने अडान राखेका छन्।
बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले प्रधानमन्त्री आफैं जवाफ दिनका लागि उपस्थित हुनुपर्ने बताए। त्यसो नभए आफूहरु बैठकबाट बाहिरिने उनले बताए।
‘प्रधानमन्त्री यहाँ उपस्थित भएर उहाँले छलफलमा सुन्नुभएन, ‘तर उत्तर दिने क्रममा उहाँ आउनुहुनेछ भन्ने मैले चाहीँ विश्वास लिएको छु। यदी प्रधानमन्त्री उपस्थित नभए हाम्रो पार्टी बैठकबाट बाहिरिन्छ, हामीले अरुबाट सुन्नुपर्ने स्थिति होइन,’ उनले भने।
प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, वैशाख ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार