संसदमा प्रधानमन्त्री नआउनु परम्पराको क्रम भंगता हो : रास्वपा
‘कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्माननीय प्रधानमन्त्रीबाटै आउनुपर्छ यो परम्परा हो भन्ने लाग्न सक्छ भने कसैलाई नआउनु परम्पराको क्रम भंगता हो,’ उनले भने।
काठमाडौं, वैशाख ३१ : प्रतिपक्षी दलहरू संसदमा प्रधानमन्त्रीलाई खोजिरहँदा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले संसदमा प्रधानमन्त्री नआउनु परम्पराको क्रम भंगता भएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभामा भएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री आउनुपर्ने माग गरिरहँदा प्रधानमन्त्रीका् अनुपस्थितको बचाउ गरे।
‘कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्माननीय प्रधानमन्त्रीबाटै आउनुपर्छ यो परम्परा हो भन्ने लाग्न सक्छ भने कसैलाई नआउनु परम्पराको क्रम भंगता हो,’ उनले भने।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग गर्दै बुधबारको प्रतिनिधिसभा बैठक विपक्षी दलहरू अवरोध गरेका थिए। आजको बैठकमा बोल्ने अधिकाशं विपक्षी सांसदहरुले प्रधानमन्त्रीको आलोचना गरेका छन्।