बज्राचार्य बने त्रिविको निमित्त उपकुलपति
अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन्।
काठमाडौं, वैशाख ३१ : त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ।
अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन्।
विश्वविद्यालय पदाधिकारीविहीन भएपछि निमित्तको जिम्मेवारी बज्राचार्यलाई दिएको हो।
विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समिति गठन भई आवेदन माग भइसकेको छ। उपकुलपतिको लागि आवेदन दिन १० दिनको समय दिइएको छ।
प्रकाशित मिति: १५:०३ बजे, बिहीबार, वैशाख ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार