संविधान संशोधन अग्रगमनका लागि हुनुपर्नेमा सांसद नेम्वाङको जोड
‘संविधान संशोधन केबल संशोधनको लागी मात्र होइन। जनताले प्राप्त गरेको अधिकारको कसिमा राखेर अग्र गमनको लागी होइन । अग्रगमनको लागी हुनु पर्छ। न कि पश्चगमनको लागि,’ उनले भने।
काठमाडौं, वैशाख ३१ : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संविधान संशोधनको प्रक्रिया जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै देशलाई प्रगतितर्फ लैजाने उद्देश्यका साथ अघि बढ्नुपर्ने धारणा राखे।
‘संविधान संशोधन केबल संशोधनको लागी मात्र होइन। जनताले प्राप्त गरेको अधिकारको कसिमा राखेर अग्र गमनको लागी होइन । अग्रगमनको लागी हुनु पर्छ। न कि पश्चगमनको लागि,’ उनले भने।
उनले संविधानलाई केवल अक्षरहरूको संग्रह नभई नेपाली जनताको रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज भएको उल्लेख गरे।
‘संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन। रगत र पसिनाले लेखेको साझा सहमतिको दस्ताबेज पनि हो । योत राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भाव धारालाई जोड्ने कडी पनि हो,’ उनले भने।