Kathmandu Press

कलेज शुल्क र किसान समस्यामा सरकार गम्भीर बनोस् : सांसद राई

उनले अहिले किसानहरू बाली लगाउने तथा उत्पादन गर्ने समयमा रहेको उल्लेख गर्दै उत्पादनको बजार अभाव, मलजलको समस्या तथा उत्पादन व्यवस्थापनमा कठिनाइ रहेको बताए।
कलेज शुल्क र किसान समस्यामा सरकार गम्भीर बनोस् : सांसद राई

काठमाडौं, वैशाख ३१ : श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले कलेजहरूले विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसइई उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि अध्ययन गर्न आउने विद्यार्थीमाथि कलेजहरूले विभिन्न बहानामा अनेक किसिमका शुल्क लिने गरेको बताए । उनले यस्तो गतिविधिमाथि सरकारले निगरानी गर्नुपर्ने आवश्यकता औंल्याए।

Hardik ivf

‘भर्खरै मात्र एसइई उत्तीर्ण विद्यार्थी अध्यनको शिलशिलामा ठूला ठूला सहरहरु पढन आउँछन्। अध्यनको शिलशिलामा अध्यन गर्न आउने ती विद्यार्थीहरुमाथि विभिन्न किसिमको शुल्कहरु लिएर कलेजहरुले उठाउने गर्छन् त्यसमा सरकारले ध्यानाकर्षण गराउन चाहन्छु । सरकारले यसमा निगरानी गर्नुपर्छ,’ उनले भने।

त्यसैगरी, सांसद राईले किसानका समस्या पनि संसदमा उठाएका छन्। उनले अहिले किसानहरू बाली लगाउने तथा उत्पादन गर्ने समयमा रहेको उल्लेख गर्दै उत्पादनको बजार अभाव, मलजलको समस्या तथा उत्पादन व्यवस्थापनमा कठिनाइ रहेको बताए।

उनले देशभरका किसान बाँदर आतंकका कारण समेत समस्यामा परेको उल्लेख गर्दै कृषकका समस्या समाधानतर्फ सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

 ‘यो सदनमा किसानका समस्या सुनाउँदै आइरहेका छौं। अहिले वर्तमान अवस्थामा किसानहरुले अहिले बाली लगाउने बेला उत्पादन गर्ने समय आएको छ,’ उनले भने, ‘आम किसानहरुले देशैभरी उत्पादन छ बजार छैन। मलजलको व्यवस्था छैन, उत्पादन छ उत्पादनलाई सही ढंगले व्यवस्थित गर्नको निम्ती बाँदर आतंकले किसानहरु आतंकित छन्।’

प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, वैशाख ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्