Kathmandu Press

ट्रम्पको चीन भ्रमण, दुई देशबीच सम्बन्ध सुधारबारे उच्चस्तरीय वार्ता हुने

बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए। साथै चिनियाँ उप–विदेशमन्त्री मा झाओशु र संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत सिए फेङ पनि स्वागत समारोहमा उपस्थित थिए।
ट्रम्पको चीन भ्रमण, दुई देशबीच सम्बन्ध सुधारबारे उच्चस्तरीय वार्ता हुने

काठमाडौं, वैशाख ३१ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सिजिन पिङको निमन्त्रणामा उनले तीन दिने औपचारिक राजकीय भ्रमण सुरु गरेका हुन्।

बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए। साथै चिनियाँ उप–विदेशमन्त्री मा झाओशु र संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत सिए फेङ पनि स्वागत समारोहमा उपस्थित थिए।

Hardik ivf

ट्रम्पको स्वागतका क्रममा जनमुक्ति सेनाले उनलाई गार्ड अफ अनर प्रदान गरेको थियो । सैन्य ब्यान्डको धुनसँगै चिनियाँ युवा समूहले दुवै देशका झण्डा फहराउँदै अमेरिकी राष्ट्रपतिलाई स्वागत गरेका थिए।

यो भ्रमण पछिल्लो नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको पहिलो चीन यात्रा हो। साथै, गत वर्ष अक्टोबरमा गणतन्त्र कोरिया ९दक्षिण कोरिया० को बुसानमा भएको भेटपछि ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको यो पहिलो प्रत्यक्ष भेट पनि हो।

चीनको विदेश मन्त्रालयका अनुसार यस भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति ट्रम्पबीच चीन–अमेरिका सम्बन्ध, विश्व शान्ति तथा विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूमा विस्तृत छलफल हुनेछ। 

यो भ्रमणलाई विश्वको दुई प्रमुख अर्थतन्त्रबीचको सम्बन्ध सुधार र तनाव न्यूनीकरणतर्फको महत्वपूर्ण कूटनीतिक कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति: १२:२० बजे, बिहीबार, वैशाख ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्