Kathmandu Press

ज्ञानेन्द्र शाहीको प्रश्न– सुकुम्बासी समस्यामा गृहमन्त्री किन अनुपस्थित?

‘सुकुम्बासीको समस्याको लागि गृहमन्त्री आवश्यक हो। हामीले समितिमा गृहमन्त्री बोलाउनुहोस् भनिसकेका छौं। सकभर समितिमा प्रधानमन्त्री आउनुपर्ने हो । किनकी विषय संवेदनशिल छ । प्रधानमन्त्री आउन सकेनन् भने गृहमन्त्री चाहियो भनेर समितिमा विरोध गरेका हौं,’ उनले भने।
ज्ञानेन्द्र शाहीको प्रश्न– सुकुम्बासी समस्यामा गृहमन्त्री किन अनुपस्थित?

काठमाडौं, वैशाख ३१ : संघीय संसदअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौं उपत्यकाभित्रका सुकुम्बासी व्यवस्थापन सम्बन्धी विषयमा छलफल भएको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञानेन्द्र शाहीले सुकुम्बासी समस्याजस्तो संवेदनशील विषयमा गृहमन्त्रीको उपस्थिति आवश्यक रहेको बताएका छन्।

Hardik ivf

उनले समितिमा गृहमन्त्रीलाई बोलाउन माग गरिएको भएपनि बैठकमा उपस्थित नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने विषय भएपनि उपस्थित हुन नसके कम्तीमा गृहमन्त्री आउनुपर्ने उनको भनाइ थियो।

‘सुकुम्बासीको समस्याको लागि गृहमन्त्री आवश्यक हो। हामीले समितिमा गृहमन्त्री बोलाउनुहोस् भनिसकेका छौं। सकभर समितिमा प्रधानमन्त्री आउनुपर्ने हो । किनकी विषय संवेदनशिल छ । प्रधानमन्त्री आउन सकेनन् भने गृहमन्त्री चाहियो भनेर समितिमा विरोध गरेका हौं,’ उनले भने।

शाहीले समितिमा गृहमन्त्रीलाई बोलाउन माग गर्दा पत्रकारलाई नै बाहिर निकालिएको आरोप लगाए। उनले सरकार बहुमतको आडमा जथाभावी ढंगले अघि बढ्न खोजेको टिप्पणी गर्दै प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्न आग्रह गरे।

‘व्यवस्था अन्तरगत नै गृहमन्त्री बोलाउनुहोस् भन्दा समितिबाट पत्रकारहरुलाई नै बाहिर निकालियो। सरकारलाई के लाग्छ भने बहुमत छ, जे गर्दा नि हुन्छ । प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गर्नुहोस् । हामीले काम नै खोजेका हौं, भाषण खोजेका होइनौं। गृहमन्त्रीको काम हो। समितिमा आएर भूमिहीन मान्छेहरुलाई के के व्यवस्थापन गर्ने जानकारी दिनैपर्छ । गृहमन्त्री नै बैठकमा उपस्थित हुनुहुन्न,’ उनले भने।

उनले सुकुम्बासी तथा भूमिहीन नागरिकको व्यवस्थापनबारे सरकारले स्पष्ट योजना प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै त्यसबारे जानकारी दिन गृहमन्त्री समितिमा उपस्थित हुनुपर्ने बताए।

प्रकाशित मिति: ११:५७ बजे, बिहीबार, वैशाख ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्