Kathmandu Press

सत्तारुढ दलले संसद मनपरी ढंगले चलायो : हर्क साम्पाङ

‘हामीले संसद बैठक बहिष्कार गरेका हौँ। प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ। सत्तारुढ दलले संसद मनखुशी चलाइरहेको छ । सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनू भनेजस्तो गरिएको छ,’ उनले भने।
सत्तारुढ दलले संसद मनपरी ढंगले चलायो : हर्क साम्पाङ

काठमाडौं, वैशाख ३० : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेर संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनबाट निरन्तर टाढा रहेको भन्दै असन्तुष्टि जनाए।

Hardik ivf

‘हामीले संसद बैठक बहिष्कार गरेका हौँ। प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ। सत्तारुढ दलले संसद मनखुशी चलाइरहेको छ । सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनू भनेजस्तो गरिएको छ,’ उनले भने।

अध्यक्ष साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिएको पनि गुनासो गरे। उनका अनुसार संसदमा प्रभावकारी बहस हुनुपर्ने विषयलाई औपचारिकतामा सीमित गरिएको छ।

त्यस्तै उनले श्रम संस्कृति पार्टीलाई कसैले पनि हेप्न नसक्ने दाबी गर्दै आफ्नो पार्टी संसदमा सशक्त रूपमा प्रस्तुत हुने बताए।

प्रकाशित मिति: १४:२८ बजे, बुधबार, वैशाख ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्